समाचार

बाँके को खजुरा स्थिति क्यान्सर हस्पिटल मा सबै कर्मचारी लाई कोरोना भए पछिकेही दिन को लागि हस्पिटल बन्द

खजुरा११ बैशाख – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल शिल गरिएको छ। अस्पतालका सबैजसो कर्मचारी,चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण भएपछी आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हो। अस्पतालले सूचना जारी गर्दै बैशाख १८ गते सम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ।  अस्पतालले बिरामीहरुलाई पर्न गएको असुबिधाप्रति क्षमा मागेको छ। 

समाचार

सिसिएमसी ले भन्यो शहरी भेगमा बैकल्पिक विधि बाट पठन पाठन गर्नु पर्छ

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड-१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय […]

समाचार

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो

बाँके । पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। बाँकेमा सक्रिय संक्रमितको संख्या १४० पुगेको छ। तीमध्ये २७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। ३ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ। बाँके जिल्लामा चैत महिनाभर १९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  जसमा १०२ पुरुष र ९१ महिला छन्। कोभिड१९ संकट व्यवस्थापन केन्द्र […]

समाचार

शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सुझाव

काठमाडौं, चैत ३० गते ।  कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सुझाव आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव आएको हो ।  सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन […]

समाचार

बाँकेमा पत्रकार भण्डारी को प्यानल बिजय

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनको शुक्रबार बिहान आएको मतपरिणाम अनुसार लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट अध्यक्षमा उठनुभएका दामोदर भण्डारीसहितको प्यानल बिजयी भएको हो । भण्डारीले निकटम प्रतिद्धन्दी साझा प्यानलका उम्मेदवार डक्ट प्रसाद धिताललाई १८ […]

समाचार

बाँकेमा २९६ पत्रकार ले मतदान गरे

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनमा बुधबार झन्डै ९२ प्रतिशत मतदान भएको छ ।निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको हो । जुन कूल मतको ९१.६४ प्रतिशत मतदान भएको हो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको […]

समाचार

बाँकेमा ३ जना पत्रकार को भिडन्त

नेपालगन्ज २२ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाको आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । यही चैत्र २५ गते हुने निर्वानका लागि भएको आईतबार भएको मनोनयन पत्र दर्ताको समयावधीमा अध्यक्ष पदका लागि दामोदर भण्डारी ,नविन गिरील र डक्ट प्रसाद धिताल ले उम्मेद्बारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा संगिन शर्मा, शकिल […]

समाचार

हिजो शुक्रबार १७९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं २१ चैत – नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको […]