मुरली गोडिया
गुलरिया-१८, कार्तिक – भूमिहीन, सुकुम्बासी, मुक्तकमैयाहरुको समस्या समाधानमा सरकारले बेवास्ता गरेको पीडित नागरिकले आरोप लगाएका छन् ।
उनीहरुले भूमिहीनहरुको समास्यालाई राजनितिक एजेण्डा बनाएर राजनिती मात्रै गरेको उनीहरुले आरोप छ ।
जुन सरकार आएपनि वर्षै देखि बस्दै आएका यहाँका भूमिहीन, सुकुम्बासी नागरिकलाई अझै पनि सरकारले जग्गा दिन नसकेको बढैयाताल गाँउपालिका वडा नम्बर ९ का पल्टुराम थारुले बताए ।
भूमि अधिकार मञ्च बर्दियाले गरेको पत्रकार सम्मेलनमा राजनितीका स्वार्थ पुरा गर्न भूमिहीनहरुलाई भोट लिने आधारमात्रै बनाएकोमा अक्रोस पोखेका हुन ।
कोरोना भाइरसको त्रासकाबीच सरकारले अरु काम सुचारु गरिरहँदा भूमिहीनको मुद्धामा चासो नदिएको गुलरिया नगरपालिका वडा नम्बर ९ का लक्षमण वि.क.ले बताए ।
सरकाले भूमिहीनहरुको घरगोठ भत्काउने तर भूमिहीनहरुको समस्या समाधान गर्न तर्फ नलागेको प्रति गुनासो पोखे ।भूमिहीनहरुको नाममा राजनिती गरि समास्या समाधान गर्ने कि नगर्ने भनि सरकारले जवाफ दिनु पर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको जग्गा लालपुर्जा, वा बसोबास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन् ।
जग्गाको आश्वासन देखाएर चुनावमा भोट लिएकाहरुले पनि आफूहरुको समास्या समाधान गर्न नसकेको भन्दै अधिकार प्राप्तकी लागी गोली खान समेत तयार रहेको बढैयाताल गाँउपालिका निवासी दुलारा लोनियाले बताइन ।
१५ पटक सम्म भूमि आयोग बनेको भए पनि समास्या उस्तै रहेको भूमिअधिकार मञ्च बर्दियाका अध्यक्ष केश बहादुर बिकले बताए ।
भूमि अधिकार मंचले भूमिहीन तथा सुकुम्बासीहरुको समास्या समाधान गर्नको लागि तत्काल जिल्ला स्तरीय भूमि समास्या सम्बन्धि समिति गठन गरी उनीहरुले भोगचलन गर्दै आईरहेको जग्गा सोही जग्गाको पुर्जा वितरण गर्नुपर्ने लगायतको माग राखेको छ ।
माग पूरा गर्नका लागि विभिन्न चरणवद्ध आन्दोलनका साथै पालिकास्तरीय अगुवा कार्यकर्ता भेला गर्ने, नेकपाको जिल्ला स्थित कार्यलयमा डेलिगेशन जाने, जिल्ला स्तरीय खबरदारी कार्यक्रम तथा नारा जुलुससहित धर्ना बस्ने जनाएको छ ।