नेपालगन्ज,२७,असोज – नेपाल बिभिन्न भाषा भाषी भएको देश हो हामी सबैलाई अवगत नै छ । साथै बिभिन्न कला सस्कृतीले भरिएको देश पनि हो । त्यसै क्रममा पछिल्लो समय नेपालमा बिभिन्न भाषा भाषीका गीतहरु बजारमा आउने क्रम जारी नै रहेका छन् ।सोही क्रममा राम चौधरी “आरोह” को थारु भषाको “पर्बट्न्या झुमा” भन्ने बोलको गीत आरकेसी डिजिटलबाट सार्बजनिक भएको छ ।
शब्द संगित राम चौधरी “आरोह” आफ्नै रहेको उक्त गीतमा स्वरमा राम चौधरी आरोह लाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।मारुनी रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग गरिएको यस गितमा चर्चित एरेन्जर केशब बडुको एरेन्ज रहेको छ ।
बाँकेको बिभिन्न स्थानमा छायाकंन गरिएको यस गीतको निर्देशन सुरज कुसुम्याले गरेका छन् भने छायाकंन तथा सम्पादन आर के सी डिजिटलका प्रोप्राइटर रामु चौधरीको रहेको छ ।
एकातिर बिश्वमा फैलिरहेको महामारी तथा अर्कोतिर ब्यस्तताका बाबुजुत पनि बजारमा गीत ल्याएकोले सबैले माया गरिदिनुहुन गायक राम चौधरी आरोहले आग्रह गरेका छन् । यस गीतको अडियो मिक्सिङ्ग कुमार रानाले गरेका हुन ।
