समाचार

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु

नेपालगन्ज ,१३असोज – बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको आज बिहान साढे तीन बजे मृत्यु भएकोे स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकलपर्सन नरेश […]

समाचार

बर्दियामा जोर बिजोर प्रणाली लागु गरिने

असोज १२,नेपालगंज कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भोलि असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । जोर बिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि […]

समाचार

कोरोना संक्रमणवाट बाँकेमा एक महिलाको मृत्यु

नेपालगन्ज ,१२ असोस- बाँके को भेरी अस्पतालका दुई जना ल्याब टेक्निशियनसहित २९ जना कोरोना संक्रमित सोमबार निको भइ घर फर्किएका छन् । फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरुलाई भदौ २९ गते विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ । कोरोना संक्रमणवाट बाँकेमा एक […]

समाचार

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु, १० जनामा कोरोना संक्रमण पुष्टि

असोज ९,नेपालगंज बाँकेमा शुक्रवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका एक÷एक जना रहेका छन । […]

समाचार

दशगजा क्षेत्रबाट नेपाल ल्याइदै गरेको अबैध सामान सहित मोटरसाईकल बरामद

असोज ८,नेपालगंज दशगजा क्षेत्रबाट नेपाल ल्याइदै गरेको अबैध सामान सहित मोटरसाईकल शसस्त्र प्रहरीले बरामद गरेको छ । शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारबाट गएको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसरी नजिक दशगजाबाट तस्करले यूपी ४० एच ३१९० को पल्सर मोटरसाईकलमा कम्प्रेसर १ थान, फोर्स वियरिङ्ग, एक्सल तथा […]

समाचार

बाँकेस्थित तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि

बाँकेस्थित तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहिबार ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँके कै रहेको […]

समाचार

बाँकेको कोहलपुर नगरपालिका भित्रका विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने

असोज ७,नेपालगंज । सरकारले सुरक्षाको मापदण्ड अपनाउँदै विद्यालय संचालन गर्न अनुमति दिएपछि बाँकेको कोहलपुर नगरपालिका भित्रका विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने भएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका र विद्यालय सिकाई सम्बन्धि आकस्मिक कार्ययोजना अनुसार बाँके कोहलपुर नगरपालिकामा विद्यालय सञ्चालन हुने भएका हुन् । बुधबार बसेको प्याप्सन, नेशनल प्याप्सन र […]

समाचार

बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु

असोज ७,नेपालगंज । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत ३९ बर्षिय वडा अध्यक्षको आज बिहान निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, निमोनिया पीडित ती वडा अध्यक्षलाई गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था जटिल […]

समाचार

अभियन्ता डा.गोविन्द केसीको एक रात भेरी अस्पतालमा उपचार

असोज ६,नेपालगंज । चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनरत अभियन्ता डा.गोविन्द केसी एक रात भेरी अस्पतालमा उपचार गरेर मंगलबार मध्यान्न सवा १२ बजेतिर काठमाडौं प्रस्थान गर्नुभएको छ । बुद्ध एयरको उडानवाट जानु भएका डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन जारी राख्ने उहाँका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

समाचार

भेरी अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर थापा सहित २९ जनामा कोरोना संक्रमण

असोज ६,नेपालगंज । नेपालगन्जको भेरी अस्पतालका दुई चिकित्सक सहित २९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२, बर्दियाका १६ र कैलाली लम्कीचुहाका १ जना जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा र अर्का […]