ख जुरा भदौ १३ गते
विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने संख्या बढिरहेको छ ।
खजुरामा नेकपा, राप्रपा पार्टी छोडेर १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका छन । शनिबार खजुरामा तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले गरेको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका युवाहरुले पार्टी प्रवेश गरेको कांगे्रसले बताएको छ ।
पुर्व माननीय बादशाह कुर्मी, नेपाली कांग्रेस महासमिति प्रतिनिधि लक्ष्मनारायण शाह, क्षेत्रीय सभापती नक्की खाँ, नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापती शेर बहादुर गुरुङ, तरुणदल बाँके सभापती विरेन्द्र बहादुर शाह युवाहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सरकारमा भएको पार्टीले गरेको गलक काम र भष्ट्राचारमा लिप्त भएका कारण कांग्रेस प्रति युवाको आर्कषण बढदै गएको नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापती शेर बहादुर गुरुङले बताए ।