
नेपालगन्ज ,३० साउन – पछिल्लो २४ घन्टा मा ५ सय ९४ जना नयाँ संक्रमित थपिए सङ कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले बताउनुभयो ।
थपिएका मृतकमा बाराका दुई तथा मोरङ्ग र सिरहाका एक एक जना हुन् ।
पछिल्लो २४ घन्टा मा ५ सय ९४ जना नयाँ संक्रमित हुदा कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।
काठमाडौं उपत्यकामा मात्र एक सय १ सय १९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरका ३० तथा भक्तपुरका ६ जना हुन् ।
पछिल्लो २४ घण्टामा दुई सय ४० जनामात्र संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।
।