
चीनले अमेरिकी उच्च-टेक कम्पनीहरूलाई कहिल्यै पनि आफ्नो देशमा व्यापार गर्न प्रतिबन्ध लगाएको छैन। चिनियाँ सरकारको एक मात्र माग भनेको त्यस्तो कम्पनीले चीनमा कुनै पनि कार्य गर्दा चिनियाँ कानूनको पालना गर्नुपर्दछ। यति नै हो।
टिकटोक अमेरिकी कानूनको पूर्ण पालना गर्दछ र यसको चिनियाँ बजारको डुयिनबाट पूर्ण रूपमा काटिएको छ। टिकटोकले कुनै अमेरिकी कानून उल्लंघन गरेको छैन बरु अमेरिकी प्रशासनसँग पूर्ण सहयोग गर्दछ।अमेरिकाको दाबी छ कि टिकटोकले राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने कुरा बिल्कुल काल्पनिक र अनावश्यक आरोप हो – जस्तै हुवावेले चिनियाँ सरकारको लागि गुप्तचर जम्मा गर्ने जस्तो आधारहीन आरोप मात्र हो। यसरी आरोप लगाउदै उच्च टेक को प्रतिबन्ध गर्नु द्विपक्षीय हीत अनुकूल हुँदैन। प्रतिबन्ध अघि आधाररहीत ठोस प्रमाण का साथ द्विपक्षीय वार्ता मार्फत समस्या को हल गर्नु उत्तम हुन्छ। यसरी आधारहीन आरोप लगाएर अचानक प्रतिबन्ध गर्नु भनेको द्विपक्षीय सम्बन्धमा टकराव निम्त्याउनु हो।
अमेरिकाले टिकटोकमा प्रतिबन्ध लगाउन चाहन्छ। तर कुन अमेरिकी कानूनको उल्लंघन भएको छ? कुन अमेरिकी नियमलाई यसले सहयोग गरेको छैन? अमेरिकाले टिकटोक बिरुद्द आरोप लगाउन कस्तो प्रकारको वास्तविक आधार बनाएको छ? यी प्रश्नको सहि जवाफ हामी सबै चाहन्छौ।
यो एक अमेरिकी वर्चस्वको लागि वाशिंगटनको सङघर्षको अर्को अन्धकार दृश्य हो। सबैभन्दा बर्बर तरिकामा, अमेरिकाले उच्च-टेक लाई आरोप थोपरदै प्रतिबन्ध गर्दैछ,यो उच्च-टेक प्रतिस्पर्धामा २१ औं शताब्दीको कुरूप दृश्य हो। लेखक- शिबराज कार्की