बिमल पराजुली
१३ असार, खजुरा । जन अाकांछा र देशलाई नभुलौ ।यो देस पृथ्वीनारायण साह को नेतृत्व मा वीर नेपाली सर्बसाधारण जनता ले भोक भोकै लडदै देश को सिमा उकास्ने गर्बिलो काम गरे ।बिदेशी हरुले नेपाली लाई हतोत्साहित पार्न खोजिएको थियो तर नभै हतोत्साहित साहस साथ विजयको झन्डा फहराइएको थियो।
जित कस्को वीर गोर्खालीको ,वीर नेपाली को।देस बढाउने युद्धमा नेपाली हरुले आफ्नो प्राण आहुती गर्दै देश लाई माया गरे ।उकास्दै गए।तर पनि समयको कालखण्डमा देस बिदेशी हरुले दुख नदिएका होइनन् तर पनि मुकाबिला गर्दै नेपाली ले आफ्नो देश को अस्तित्व अनि अस्मिता जोगाएको साहासी इतिहास हामी मा स्पस्त छ ।भए देश मा एक पछि अर्को राजनैतिक गतिविधि हरु ।
कति तत्कालीन समयमा मन हरु अमिला भए ।क्षणहरु बिरसिला भए ।कति पिडा हरुले दुख नदिएका पनि होइनन् ।धैर्य गरे अमरसिंह ,भक्तिथापा,बिरबलभद्र साहासिक पुरुष हरुले।देश को माटाेको ममता अनि पबित्रतालाइ अझ सुगन्धित पार्न लागि परे ।इतिहास पढौ त रगत उम्लन्छ साहासी यौदाहरुको पौरख सम्झेर ।समय बित्दै जान्छ ,समय को गति संगै हामिहरुमा हाम्रा जियाइ हरुमा ।परिबर्तित समय संगै देस बिकास का राजनीति हरु अगाडी सर्छन ।देस र जनता लाई कसरी ब्यबस्थापन गर्नेमा प्रसङ्ग बढछ ।कतै सत्ता हत्त्याएर आफू र आफ्नो आसेपासे को तुस्ती मथर पार्न सकिन्छ ।
यी धार हरु बिकसित हुँदै जान्छन् ।इतिहास का काल खण्ड हरुमा जङ्ग बहादुर हरु जनताका खुसी अनि आकांक्षा हरु लुट्न सल्बलाउछन।अधिकारहरु जनता मा निहित हुनुपर्छ भन्दै राजा त्रिभुवन ,जननेता बिपि अनि असंख्य हजारौं जनताहरु जनता को समुन्नत भबिस्य निर्माण को कित्ता मा उभिन्छन।।।। नेपाली इतिहास एक पछी अर्को गर्दै गतिसिल हुन्दै जान्छ ।सात साल,सत्र साल,छतिस साल,छ्यालिस साल,त्रिसट्ठी साल हुन्दै अगाडि बढ्छ ।गरिब जनता कहिले राजनीति स्थिरताका साथ प्रजातन्त्र सुदृढ हुन्छ अपेक्षा को चोउतारिमा प्रतीक्षा गरिरहन्छन ।बीचमा दस बर्से युद्ध पनि हुन्छ ।बिचरा जनता लाई कतैबाट पनि सितलता मिल्दैन ।
युद्ध ,युद्ध ,युद्ध खोइ केको युद्ध सबै पहुँच वाला हरु लाई मात्र रहेछ।जुन जोगि आए पनि कानै चिरेको जस्तो भै रहेको छ यो देशमा प्रजातन्त्र ,लोकतन्त्र ,गणतन्त्र ।शब्द र अर्थ त सुन्दर छन् ,तर व्यवहारिक भएन त! जनता को खाली पेट उस्तै छ ,।किन येस्तो हुन्छ यहाँ बारम्बार !कारण के?नेताको नेतृत्व शैली कम्जोर ?असक्षमता ? स्वार्थमुखि ?वा जनता को नेता छनौट प्रक्रिया कम्जोर ? सबै तन्त्र ल्याउन हजारौं हजार जनता ले सहादत प्राप्त गरेर पनि किन देस र जनताको जीवनस्तर सदा उस्तै हुन्छ?के हामी क्रम भङ्ग गरेर ,आर्थिक राजनीति मा जनता को हासो खोज्न सक्दैनौं र?अब थाहा भयो कि फोस्रो भासण ले मात्र देस र जनताको प्रगति हुन सक्दो रहेनछ ।।।।।।देश का सम्पुर्ण बिज्ञ ,जानिफकार,नेतृत्व बर्ग हरु देस र जनता लाई हसाउन नयाँ ढंग बाट अगाडि बढ्न पहल गर्नु पर्छ कि !