पुष्कर खड्का
२९ जेठ, काठमाडौ । सर्लाहीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा नगरपालिका हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।