२६ बैशाख, बाँके । एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखाले ११ नं. वडा कार्यालयलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

लकडाउनका कारण उत्पन्न परिस्थितीका कारण समस्यामा परेका विपन्न परिवारलाई मध्यनगर गर्दै वडा कार्यालयलाई खाद्यान्न उपलब्ध गराईएको एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखा प्रमुख सुभाष बुढाथोकीले जानकारी दिए ।
बैंकमा कार्यरत कर्मचारीहरुको पहलमा शुक्रबार कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापालाई खाद्य सामग्री उपलब्ध गराएको बुढाथोकीले काँचुली खबरलाई बताए । केन्द्र तथा प्रदेश स्तरमा राहतका कार्यक्रमहरु संचालन गरीसकेको एभरेष्ट बैंकले कोहलपुर क्षेत्रमा रहेका विपन्न तथा दैनिक रोजगारीबाट बन्चित भइ हाल समस्यामा रहेका परिवारहरुलाई लक्षित गरी राहत उपलब्ध गराएको बुढाथोकीले स्पष्ट पारे ।