हरि अधिकारी
२७ चैत्र, खजुरा -सितापुर राहत समिती बाँकेले आज सम्म राहत कोषमा रु २ लाख पाँच हजार संकलन गरेको छ ।

सितापुर बिपत्त राहत कोष खजुरा-२ बाकेले coronavirus ले निम्तायको माहामारी बिपत्तमा अति बिपन परिवारका लाई राहत संकलन गरेर सहयोग गर्ने भएको छ ।
गत २० गते सितापुर राहत समिती सन्त ब खत्रीको सयोजक्तामा २२ जना सदस्यहरुको समिती गठन गरि सहयोग कोषमा संकलन गर्न थालेको सयोजक खत्रीले जानकारी दिएका छन ।
खत्री काअनुसार खजुरा गाउँपालिका वडा न. २ अन्तर्गत २५१ जनालाई वडाले राहत वितरण गरिसकेको र वितरण गर्ने क्रममा पनि वडामा केही व्यक्ति छुटेका छन । छुटेका व्यक्तिहरुलाई गाउँ पालिका संग समन्वय गरि गाउँमा बिपतको बेलामा गठित समितीले सम्पुर्णलाई सहयोग गर्ने प्रयास गरेको सयोजक खत्रीको भनाइ रहेको छ ।
खजुराका विभिन्न ब्याक्तित्व हरुले सहयोगको भावना राखी अगाडि बढेका छन । जसमा रु ५०० देखि रु ११११सम्म सहयोग गरेका छन ।
।