नेपालगन्ज २३ फागुन

हेप्पी होली हेप्पी होली बोलको थारु भाषाको म्युजिक भिडियो शुक्रवार सार्वजनिक हुने भएको छ । चर्चित थारु गायक विश्वसागर परियार र गायीका सुमन चौधरीको श्वरमा रहेको होलीको म्युजिक भिडियो शुक्रवार साँझा सार्वजनिक हुने भएको हो । पहिलो पटक गायक परियार र सुमनले होलीको म्युजिक भिडियो बजारमा ल्याउने भएका हुन् । हेप्पी होली हेप्पी होली रंगिविरङगी रंग से भिजइबु तोहार चोली, घुमघुमके आइल होली फागुनके महिना, सव जे मिलके खेलव होली बोलको म्युजिक भिडियोमा चर्चित मोडल राजकुमार थारु, प्रमिला चौधरी, संन्दिप विसी, पुजा ओली, मनोज चौधरी र पुजा चौधरीको मुख्य भुमिका रहेको छ । हेप्पी होली हेप्पी होली बोलको गितमा डान्स डाइरेक्टर कोरियोग्राफर दिल बहादुर रानाले गर्नुभएको छ भने क्यामरामा सरोज डङ्गोराले साथ दिनुभएको छ । बाँकेको पिपरी स्थित रहेको आरकेसी डिजिटल स्टुडियोका प्रोप्राईटर रामु चौधरीले भिडियोको मिक्सिङग गर्नुभएको थारु म्युजिक भिडियो हेप्पी होली हेप्पी होली बोलको गितमा शब्द शुखलाल चौधरीले गर्नुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवा र कैलालीमा छायाङकन भएको म्युजिक भिडियो आरकेसी युटुब प्रा.ली. बाट शुक्रवार साँझा सार्बजनिक हुने भएको छ ।
