बिश्व महामारीको आक्रान्तमा छ बिभिन्न पेशाहरुमा खडेरी पर्ला जस्तै भएको छ । के काम गर्नेङ्ग कतै भोकमरीमा त परिने हैन भन्ने त्रास पनि छ एकतिर, तर पनि केही संख्यामा भने म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी नै रहेको छ ।अन्य पेशा त छदै थियो तर अहिले कलाकारिता पेशा पनि त्यस्तै समस्यामा गुज्रीरहेको अबस्था छ । सरकारले नागरिकहरुको ज्यान जोखीममा नजाओस भन्ने उद्धेश्यले लकडाउन लगाईरहेको छ तर पनि केही जोहो गर्नलाई नै भनौ पछिल्लो समय सामाजिक दुरी कायम गरेर म्यजिक भिडियोहरु छायाकंन पनि भईरहेका छन ।त्यसै क्रममा तिलक परियारको सुन हजर बोलको टप्पा गीत आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक भएको छ । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकडिंङ्ग गरिएको सो गीतमा शब्द लक्ष्मण ओली,लय तिलक परियार,संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ ।
गीतमा मोफसलमा बसी अहिलेका ब्यस्त निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । केन्द्रमा भन्दा मोफसलमा म्युजिक भिडियो बनाउन चुनैती रहेको भन्दै निर्देशक सुबेदीले अहिलको स्थिती अनुसार सामाजिक दुरी कायम गरेर भिडियो बनाएको जानकारी दिए । गीतमा कलाकार सरला शाही, बादल स्याङ्घाबो तामाङ्ग,पुष्पा रेग्मी,आकाश ठाकुर,स्मारीका मल्ल,झबीन बर्मेली सुनार रहेका छन । बांकेको पर्यटकिय स्थल गाभरमा छायाकंन गरिएको सो गीतमा छायाकंन सम्पादनमा यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आर केसी प्रालीका निर्देशक रामु चौधरीको रहेको छ ।यो लागायत रामु चौधरीले ५०० भन्दा बढी म्युजिक भिडियोहरुमा छायाकंन तथा सम्पादन गरिसकेका छन । निर्देशक नवराज सुबेदी र रामु चौधरीको यो भने ८ औं सहकार्य हो। भिडियोमा सकेजती मेहेनत गरेको र भिडियोलाई दर्शकहरुले माया गरिदनु हुनेछ भन्ने टिमको पुर्ण आशा रहेको र एक पटक हेरी दिन र माया गरिदिन पनि आग्रह रहेको छ । साथै भिडियोलाई सफल बनाउन सहयोग गरिदिनुहुने बिभिन्न मिडिया,कोरस डान्सर लगायत गगन दर्नाल,ओम शर्मालाई पनि बिषेश धन्यबाद दिएको छ ।

नवराज सुबेदीको निर्देशनमा तिलक परियारको टप्पा गीत सार्वजनिक । समाचार

सर्लाहीमा करेन्ट लागेर ९ वर्षीया बालिकाको मृत्यु

पुष्कर खड्का २९ जेठ, काठमाडौ । सर्लाहीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा नगरपालिका हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको […]

नवराज सुबेदीको निर्देशनमा तिलक परियारको टप्पा गीत सार्वजनिक । मनोरञ्जन शिक्षा समाचार

प्रदेशमै पहिलाे पटक अन्तर जिल्ला व्यापी विद्यालय स्तरिय चेस प्रतियाेगिता

२५ फागुन,बाँके । नेपालगंज माेडेल एकेडेमी, नेपालगंज-१८, बाँकेकाे अायाेजना तथा प्रदेश बुद्धिचाल संघ प्रदेश नं. ५ र बाँके जिल्ला खेलकुद विकास समितिकाे समन्वयमा ५ नं. प्रदेशमा पहिलाे पटक फागुन २४ गते शनिवार “नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके, बर्दिया, दाङ) व्यापी विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता-२०७६” सम्पन्न भएकाे छ । संसार भर फैलिएकाे काेराेना सन्त्रासले […]

नवराज सुबेदीको निर्देशनमा तिलक परियारको टप्पा गीत सार्वजनिक । समाचार समाचार

व्यक्तिगत र वातावरणीय सर-सफाईमा बिशेष ध्यान दिनुपर्ने मा जोड: मौलाना मसहूद

अजय मिश्र, २३ फाल्गुन, कपिलवस्तु-कृष्णनगर ।कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न। कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको हो। उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट […]