समाचार

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो


बाँके ।
 पछिल्लो समय बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ।

बाँकेमा सक्रिय संक्रमितको संख्या १४० पुगेको छ। तीमध्ये २७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

३ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ। बाँके जिल्लामा चैत महिनाभर १९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  जसमा १०२ पुरुष र ९१ महिला छन्।

कोभिड१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सबैभन्दा धेरै ६८ पुरुष र ५९ जना महिला गरी २० देखि ४९ वर्ष उमेर समुहका १२७ जनामा कोरोना संक्रमण देखिएको छ।

उमेर समुहअनुसार ५० वर्षदेखि ६९ वर्ष उमेर समुहका २५ महिला र १७ पुरुष गरी ४२ जनामा संक्रमण देखिएको छ। ५ वर्ष उमेर समुहका २ पुरुष, ६ देखि ९ वर्षसम्मका १ जना, १० देखि १९ वर्ष उमेर समुहका अनुसार ३ पुरुष र ६ महिला गरी ९ जना र ७० वर्षमाथिका ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण भएको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

बाँकेमा  साेमबार १६२ जनाको पिसिआर परीक्षण गरिएको मध्ये ५३ जनाका संक्रमण पुष्टि भएको थियो। तीमध्ये ३२   जना बाँकेका मात्र रहेका छन्। योसँगै सक्रिय संक्रमितको संख्या  १४०  पुगेको छ।

कोभिड१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले भेरी अस्पतालमा संत्रमित बिरामीको चाप बढिरहेकाले स्थानीय तहले तत्काल आइसोलेसनको व्यवस्था गर्नुपर्ने बताए।

बाँकेमा हालसम्म १४८ कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी  बाहिरी जिल्लाका ९१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *