समाचार

भारत बाट आउँदै गरेका रोल्पाका एक ब्यक्तिलाई कोरोना

नेपालगन्ज नाका भएर भारतबाट आएका रोल्पाका एक ब्यक्तिलाई कोरोना

नेपालगन्ज । भारत बाट आउँदै गरेका रोल्पाका एक ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

गुजरातबाट आउँदै गरेका रोल्पा घर भएका ३० बर्षका पुरुषको नेपाल भारत सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि कोभिड एन्टिजेन जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।  

उनलाई आइसोलेसनमा राख्ने गरी रोल्पाका प्रमुख जिल्ला  अधिकारीसंग समन्वय गरेर एम्बुलेन्सबाट रोल्पा पठाइएको  फोकल पर्सन वलीले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *