समाचार

दुई दिने बाल बिबाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भुमिका बिषयक तालिम शुरु

हरि अधिकारी – खजुरा,९चैत –

बाल विवाह न्यूनिकरणको लागि सकारात्मक पुरुषत्वको भूमिका विषयक दुई दिने तालिम बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेद्वारा सञ्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत सञ्चालन गरिएको २ दिने तालिमको खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले सोमबार शुभारम्भ गरेकी हुन् । उपाध्यक्ष विकले बालविवाह रोकथाम गर्न सबैभन्दा पहिले सकारात्मक सोचको खाँचो रहेको बताइन् । तालिममा पालिका जनप्रतिनिधि र युवाको सहभागिता रहेको थियो भने उक्त ताालिम मा नबिन गिरि ले प्रशिक्षण दिनुु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *