समाचार

चन्द आज बाट सार्वजनिक भए

फागुन २१

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु सार्वजनिक हुनु भएको छ ।नवलपरासी ९बर्दघाट(सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका(१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो । हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै हुनुहुन्छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दै हुनुहुन्छ । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । सरकारले हिजो विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *