समाचार

नेपालगन्ज खजुरा सडकको मानपुर को घर आज भत्काइयो

sharethis sharing button

sharethis sharing button

मानपुर (बाँके) : नेपालगन्ज–खजुरा सडक खण्डमा पर्ने बाँकेको जानकी गाउँपालिका–३ मानपुर मोडको २ तले पक्कै घर भत्काइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कु?म्वाङको पहलमा शान्तिदेवी सिंह÷अमर सिंहको राणाकालीन घर शुक्रबार भत्काइएको हो । सडक विभागको जेसिबीले बिहान पौने १० बजेदेखि दिउँसो १ बजेसम्ममा घर भत्काएको हो । घरधनी सिंहले भने, ‘सिडियो साबले तपाईलाई क्षतिपूर्ति र मुअब्जा मिल्छ । सडक विस्तार गर्नुपर्ने भयो भनेर सहमतिको बाटो देखाएपछि घर भत्काउन तयार भएका हौं । गत ७ फागुनमा बाँकेका प्रमुख जिल्ला अधिकारी कु?म्वाङको अध्यक्षतामा जग्गाधनीका परिवारका सदस्यसहितको सरोकारवाला निकायको बैठकले घरको क्षतिपूर्ति र जग्गाको मुअब्जाका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेपछि सिंह घर भत्काउन तयार भएका हुन् ।मेरो खुुशीडट कम माा समाचार प्रकााशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *