
लम्की, २फाल्गुन – कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हाे।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरे।
स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण गरेको थियो। सो क्रममा स्थानीय २५ वर्षीया कला धामीलाई आक्रमण गरेको पुरीले जानकारी दिए।