समाचार

बाँकेमा भेरिका प्रमुख बाट शुरु गरियो कोरोना विरुद्ध को खोप अभियान

नेपालगन्ज १४माघ – बाँकेमा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले कोरोना बिरुद्धको पहिलो खोप लिएर त्यसको शुभारम्भ गरेका छन ।

बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।
बाँकेमा कोरोना बिरुद्धको खोपको पहिलो खोप लिदै डा थापाले यो खोप नयाँ भए पनि अन्य खोप जस्तै भएकाले आत्तिनु नपर्ने बताएका छन् ।

डा- थापाले सोचेभन्दा चाडै नेपालमा कोरोना बिरुद्धको खोप आएकोले यो हाम्रो लागि खुसीको कुरा भएकाले खोपको बिरुद्धमा सामाजिक संजालमा आएका नकारात्मक कुरालाई ध्यानमा नदिन आग्रह समेत गरेका छन् ।

पहिलो चरणमा भेरी अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई बुधवार खोप दिन लागिएको हो ।
बाँकेमा कोरोना विरुद्धका खोप १७ हजार मात्रा आएको उनले बताए । आएको खोपले आठ हजारलाई पुग्ने उनका भनाई छ । १०–१५ प्रतिशत खोप खेर जान उनले बताए । ‘एक मात्रा खोप दुई पटक लगाउनु पर्ने भएकोले पहिलो चरणमा आठ हजार र दोस्रो चरणमा आठ हजारलाई लगाउनु पर्ने हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *