समाचार

नेपालगन्ज का अधिकाम्स कालोपत्रे सडक मन्त्री राइको पालामा भयो -राना

नेपालगन्ज, ११ माघ – तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए ।


उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । नगरपालिका आफनै स्रोतमा एउटा पनि सडक कालोपत्रे बनेको छैन् । एडिबीले बनेका सडकहरु पनि शहरी विकास मन्त्रालय अन्तर्गत नै बनेको हुन् । पाँच सय मिटरका पक्की सडक प्रदेश सरकारको बजेटबाट निर्माण भएका छन् । कतिपय निर्माणाधिन छन् ।
नगरपालिकाको स्रोतले एउटा पनि सडक नगरभित्र नबनेको जसपाका जिल्ला उपाध्यक्ष राजन रानामगरले दावी गर्नुभयो । मेयर धवल शम्शेर राणाले नगरपालिकाले सडक बनाइरहेको र नाला बनाइरहेको भनेर अनावश्यक भ्रम फैलाएको उहाँको भनाइ छ लाइभ पाटिमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *