समाचार

दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट

काठमाण्डौ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् ।,
आज मंगलबार काठमाण्डौमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिएका हुन् ।


उनले केही दिन पहिले ओली सरकारविरुद्ध शाकाहारी आन्दोलनले नपुग्ने भन्दै हिंसात्मक आन्दोलनमा उत्रिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । तर, आजको भेलामा दाहालले आफूले यसअघि बोलेका कतिपय कुराको अपव्याख्या भएको स्पष्ट पारेका हुन् । सम्बोधनको क्रममा दाहालले आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको पनि टिप्पणी गरे । (रिपोर्टर्सनेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *