समाचार

पुर्व मन्त्री यादवको निधन

नेपालगन्ज, १ माघ – नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य र पुर्व मन्त्रि दिनेशचन्द यादवको कोरोनाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।
गम्भिर प्राकृतिको कोरोना देखिएको उहाँलाई नेपालगन्जबाट थप उपचारका लागी हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइरहँदा पनि उहाँको स्वास्थमा सुधार नहुँदा आज मृत्यु भएको हो ।
भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य रहेका यादवको आज बिहान २ : ३० बजे काठमाण्डौको ग्राण्डि हस्पिटलमा निधन भएको नेकपा नेता दत्तप्रसाद आचार्यले जानकारी गराउनु भएको छ ।


“नेता आचार्यले इन्चार्ज एवं पूर्वमन्त्री भूमि व्यवस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य कमरेड दिनेशचन्द यादवको निधनले पार्टीका एक अभिभावक गुमाएको र अपूर्णिय क्षति भएको छ, मृत आत्मामा हार्दिक श्रद्धाञ्जली तथा सोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस” भनी आफ्नो फेसबुक वालमा सार्वजनिक गर्नु भएको छ ।
नेता यादवको भेन्टीलेटरमा राखेर उपचार गराउँदै आइएको थियो । उहाँको मृत्युले बाँके जिल्लानै शोकमा डुवेको अन्य नेताहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *