
काठमाडौं ,पौष २९– नेपाल प्रहरीका ११ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । आज बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले जारी गरेको सूची अनुसार एसपी कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।क