समाचार समाचार

लागुऔषध प्रयोगकर्तालाई उपचारको पहँुचमा ल्याई समाजमा पुनःस्थापना गर्नुपर्ने

लागुऔषध प्रयोगकर्तालाई उपचारको पहँुचमा ल्याई समाजमा पुनःस्थापना गर्नुपर्ने र त्यसको लागि सरोकारवालाह?को सहकार्य आवश्यक रहेको बताइएको छ ।
रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगंजमा आयोजना गरेको एकदिने कार्यशालामा सहभागी सरोकारवालाह?ले सो कुरालाई जोड दिएका हुन् । कार्यशालामा लागुऔषध प्रयोगकर्ताह?लाई समाजमा कसरी पुनःस्थापना गर्ने र समाजमा हुने भेदभाव र लञ्छानाले उनीह?लाई समाजबाट कसरी एक्ल्याउँछ भन्ने विषयमा छलफल गरिएको थियो ।
लागुऔषध प्रयोग एउटा रोग भएको र त्यसको उपचार पाउनुपर्ने कुरामा जोड दिंदै चेन्ज टिम बाँकेका परियोजना अधिकृत यशोधा ज्ञावलीले चेन्ज टिम र रिकभरिङ नेपालले जनचेतनामूलक कार्यक्रम तथा मेथाडोन परियाजना संचालन गर्दै आएको बताउनुभयो ।
कार्यशालामा चेन्ज टिम बाँकेकी प्रोग्राम कोर्डिनेटर इन्दिरा जिसीले कार्यपत्र पस्तुत गर्नुभएको थियो । सबै सरोकारवाला निकायह? मिलेर लागुऔषध प्रयोगकर्ताको उपचार र उनीह?लाई समाजमा पुनःस्थापना गर्नको लागि काम गर्दै आएको चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिन विसीले बताउनुभयो ।
नेपालमा अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको र त्यसमा १ लाख २१ हजार ६ सय ९२ पु?ष र ९ हजार ७ सय ३२ जना महिला रहेको २०१९ को आँकडाले जनाएको छ ।
रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगंजमा आयोजना गरेको कार्यशालामा विभिन्न सरोकारवाला निकायह?को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *