समाचार समाचार

नेपालगन्जमा कला प्रदर्शनका लागि उचित स्थानको माग

पौष१-नेपालगंज

नेपालगन्जमा कला प्रदर्शनका लागि उचित स्थानको माग गरिएको छ । बरिष्ठ नाट्यकर्मी बीरेन्द्र हमालको नेतृत्वमा बुधबार नेपालगन्ज उपमहानगरपालिकामा पुगेको टोलीले मेयर डा. धवलशम्सेर राणासंग कला प्रदर्शनका लागि रंगमञ्चको माग गरेको हो । टोलीमा कलाकर्मी सुन्दर गुरुङ, कमल विके निर्मोही, वीरेन्द्र यादव लगायत ३० बढीके सहभागिता थियो । काठमाडौं, पोखरा लगायतका शहरमा अत्याधुनिक रंगमञ्च रहेको जानकारी दिदैं नाट्यकर्मी हमालले नेपालगन्जका कलाकारहरुले कला प्रस्तुत गर्नका लागि सधै स्थान अभावको पीडा झेल्नु परिरहेको छ भन्नु भयो । मेयर राणाले तत्काल अत्याधुनिक रंगमन्च बनाउन नसकेपनि नेपालगन्जमा जिर्ण रहेका नगर भवन, रामलिला मैदानमा रहेको भवन र रामलिला मैदान अगाडि रहेको बालमन्दिरको भवनलाई प्रयोग गर्न सकिने बताउनुभयो । यसअघि हमालसहितको कलाकारको टोलीले ‘खेलाडीलाई रंगशाला, नेतालाई मञ्च भएजस्तै हामी कलाकारलाई रंगमन्च चाहिन्छ’ भन्ने नारासहितको प्ले कार्ड सहित नेपालगन्जको विपी चोकमा प्रर्दशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *