समाचार समाचार

बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग माग गरेको विकासका योजनाको सुनुवाई अभै भएन

मंसिर३०-नेपालगंज

बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग गत असोजमा माग गरेको विकासका योजनाको सुनुवाई अभैm भएको छैन । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बोकेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसंग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसीसंगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही र जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *