समाचार

देशैभर थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंसिर ३०-नेपालगंज

पछिल्लो २४ घण्टामा देशैभर थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय १७ जनामा गरेको परीक्षणमा ५ सय ८५ पुरुष र ३ सय ५१ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *