समाचार

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु

मंसिर२८-नेपालगंज

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत सहित डोटी र दैलखका १÷१ जना रहेका छन् । कोरोना संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको आईतबार विहान निधन भएको छ । मंसिर २४ गते कोरोना परीक्षण गरिएका विष्टको २५ गते पोजेटिभ भएको रिपोट आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि हिजो बेलुकी भेरी अस्पतालमा भर्ना गरिएका विष्टको आज साढे ३ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
त्यस्तै डोटीको दिपायल सिलगडी वडा नं. ५ का ४९ बर्षीय पुरुषको गएराती पौने ८ बजे मृत्यु भएको छ । मंसिर २६ गते सेती अस्पतालमा कोरोना जाँचगर्दा पोजेटिभ रिपोर्ट आएका उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण शनिबार दिउँसो दैलेख नारायण नगरपालिका ९ का ३८ बर्षिय पुरुषको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट बाँकेका ४१ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६८ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *