
नेपालगंज २१ म्ंसिर – लैङ्गिक हिंसा अन्त गर्न सबै एक जुट हुनु पर्ने तर स्थानीय तह निष्कृय रहेको राष्ट्रिय मानव अधिकार आयोग का प्रदेश प्रमुख झंकर ब. रावले बताउनु भएको छ ।
मानब अधिकार सचेतन मंच (एफा)को आयोजनामा भएको कार्यक्रममा स्थानीय तह का समाज सेवी हरुको पहलमा १६ दिने लैङ्गिक हिम्सा को अबस्था सम्बन्धी स्थानीय स्तरीय कार्यशाला कार्यक्रम का प्रमुख रावलले स्थानी तहले लैङ्गिक हिंसा अन्त गर्न खेल्नु पर्ने भुमिका मा पुलको काम गर्नु पर्ने तर लैङ्गिक हिंसा अन्त गर्न स्थानीय तह निष्कृय रहेको बताउनु भएको हो । स्थानीय तहले मानव को अर्थ र भुमिका बारे सहज बातावरण को सृजना गर्नु पर्नेमा समेत उहाको भनाई थियो
कर्यक्रममा सभ्य समाज नेपालका अध्यक्ष सुर्य लाल यादव ले सरकारले बर्षेनी े लैङ्गिक हिम्सा को अबस्था सम्बन्धी कार्यक्रमको लागी रकम खर्च गरेर कार्यक्रम गर्छ तर त्यसको औचित्य समाजले अझै नबुझको बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी की बिन्दा खरेलले जब समम हामी मानव मा नैतिक रआध्यामिक शिक्षाको ज्ञान हुदैन तब सम्म लैङ्गिक हिंसा को अन्त गर्न कठिन हुने बताउनु भयो । कार्यक्रममा जयन्ती खत्री,प्रकाश ज्ञवाली,शुशिला पन्त तथा बिश्वजित तिवारीले समाजमा देखिएको हिंसा को बारेमा आ आफनो मत राख्नु भएको थियो भने कार्यक्रम मानब अधिकार सचेतन मंच (एफा)की अध्यक्ष शोभना मिश्र अध्यक्षता मा सम्पन्न भएको थियो ।