समाचार

भारतबाट अबैध रुपमा भित्रिदैं गरेको ठुलो परिमाणको सुर्ति बरामद

मंसिर २२-नेपालगंज

भारतबाट अबैध रुपमा भित्रिदैं गरेको अवस्थामा ठुलो परिमाणको सुर्ति बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काको नेतृत्वमा खटीएको प्रहरी टोलीले जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा लोड गरीएको अवस्थामा ३५ किलो तौलको ४८ बोरा काचो सुर्ति बरामद गरेको हो । प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इन्चार्ज खड्काले बताए । उक्त सुर्ति करिव तीन लाख ६० हजार मूल्य बराबरको रहेको बताइएको छ । उक्त सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *