समाचार

बाँकेका अस्पतालमा उपचाररत दाङका थप तीन कोरोना संक्रमितको मृत्यु

मंसिर१९-नेपालगंज

बाँकेका अस्पतालमा उपचाररत दाङका थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीवार राति ९ बजे र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का २६ बर्षीय पुरुषको बिहीवार राति १२ बजेर १० मिनेटमा भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै दाङकै तुलसीपुरकै वडा नम्बर ५ का ८१ बर्षीय पुरुषको पनि गएराति पौने ११ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५८ जनाको मृत्यु भएको जनाइएको छ । अर्कोतर्पm, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४१ वटा पीसीआर परीक्षणमा १ हजार २ सय ७२ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *