समाचार

बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने

मंसिर१५-नेपालगंज

बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शैया अस्पताल निर्माण गर्न लागिएको हो । संघीय सरकारको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले सोमबार एक समारोहका वीच शिलान्यास गर्नुभयो । १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रममा सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र उपाध्यक्ष एकमाया विकले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताउनु भयो । आजै बाँकेको कोहलपुरमा पनि १५ शैया अस्पताल निर्माणको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र संघीय सासद महेश्व गहतराज अथकले सयुक्त रुपमा अस्पताल निर्माणको शिलान्यास गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *