समाचार

कोरोना भाइरस संक्रमणबाट देशैभर थप २९ जनाको मृत्यु

मंसिर१५-नेपालगंज

कोरोना भाइरस संक्रमणबाट देशैभर थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् भने १ हजार ९ सय ३१ जना निको भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१ द्यशमलव ९ प्रतिशत रहेको छ । अब देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *