समाचार

बाँकेमा पछिल्लो तीन वर्षको अवधिमा लागूपदार्थको कारोबार र ओसारपसार डर लाग्दो

मंसिर१४-नेपालगंज

बाँकेमा पछिल्लो तीन वर्षको अवधिमा लागूपदार्थको कारोबार र ओसारपसार डर लाग्दो रूपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर लागू औषधको सेवन र ओसारपसार नियन्त्रणमा सक्रियता देखाए पनि खुला सीमाका कारण यसको सेवन र ओसारपसार रोकिएको छैन । पछिल्लो तीन वर्षमा लागूऔषध सम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा ९९७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । भारतबाट लुकिछिपी ब्राउनसुगर, कोरेक्स, नाइट्राजेपाम लगायतका लागूऔषध नेपालगन्ज भित्रिने गरेको छ । लागूऔषध कारोबार र ओसारपसार गर्नेले नेपालगन्जलाई हब बनाएको पाइएको सुरक्षाकर्मीले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म ११४ ग्राम ब्राउनसुगर, १५ लिटर कोरेक्स र १६५ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *