समाचार

राजावादीहरुको नेपालगन्जमा शक्ति प्रदर्शन

मंसिर१३-नेपालगंज

राजावादीहरुले शनिबार नेपालगन्जमा शक्ति प्रदर्शन गरेका छन् । उनीहरुले मोटरसाइकल, अटोरिक्सा, गाडी र साइकलमा र्यालीसहित शक्ति प्रदर्शन गरेका हुन् । र्यालीमा उल्लेख्य संख्याका मोटरसाइकलसहित आएका राजावादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको नारा लगाएका थिए । बागेश्वरी मन्दिर अगाडीबाट शुरु भई धम्बोझी चोकमा कोणसभा गरेर समापन गरिएको थियो । कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणाले हिन्दु राज्य र राजसंस्था फिर्ता ल्याउन बलिदानी दिन तयार रहनु पर्ने बताउनु भयो । ¥यालीको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *