समाचार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाए

मंसिर१३-नेपालगंज

देशभर थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन् । साथै ५ सय १५ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ । २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट १ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *