मनोरञ्जन

नवराज सुवेदीको निर्देशनमा ओम शर्माको “ओ प्रियतम”सार्बजनिक

मंसिर१२- नेपालगंज

कोभीड १९को महामारीले आक्रान्त भएका बेला अहिले पछिल्लो समय स्थिति सामान्य हुदै गएपछि बिभिन्न क्षेत्रमा कार्यहरुले तिब्रता लिदै गएको छ । सोही क्रममा गीत संगित पनि बजारमा धमाधम सार्बजनिक भइरहेका छन् । त्यसै क्रममा ओम शर्माको “ओ प्रियतम” बोलको आधुनिक गित सार्बजनिक भएको छ । पाण्डव मिडिया यु्ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा ओम शर्माको स्वर, वरिष्ठ गितकार सुमन श्रापितको शब्द र संगीतकार सुनिल सागरको संगीत रहेको छ ।
पछिल्लो समय चर्चा बटुल्न सफल निर्देशनमा अब्बल निर्देशक नवराज सुवेदीले निर्देशन गरेको म्युजिक भिडियोमा टिकटक मार्फत कलाकारितामा प्रबेश गरेका टिकटक स्टार रमेश खनाल र पुष्पा रेग्मीको अभिनय रहेको छ । गीतलाई बाँकेका बिभिन्न रमणिय स्थलमा छायाकंन गरिएको छ ।
सानै उमेर देखी गित संगीतमा रुची राख्ने र बिभिन्न रियालिटि शोमा आफ्नो आवाज आज्माई सकेका गायक शर्माको स्वर,गीतमा राखिएको मौलिक लय तथा शब्दले गितलाई थप श्रिंगारिक बनाएको छ । शर्मा संगितकर्मी संघ बाँकेका अध्यक्ष पनि हुन् ।
गीतको छायांकन तथा सम्पादन थुप्रै भाषाका गीतहरुमा काम गरिसकेका आर के सी डिजिटलका प्रबन्ध निर्देशक रामु चौधरीले गरेका छन् । गीतमा सक्दो कोसीस गरेको र सम्पर्ण टीमको मेहेनत रहेका कारण यसै गीत मार्फत आफु र आफ्नो टीमलाई मन पराईदिनेमा गायक शर्माले बिस्वस्थ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *