समाचार समाचार

दाङका कोरोना संक्रमित पुरुषको बाँकेको कोहलपुरमा मृत्युु,१९ जना कोरोना संक्रमित डिस्चार्ज

मंसिर०३-बिहिवार

दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ७९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि ल्याएको डेढ घण्टामै बुधवार बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कात्तिक २१ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि बुधवार राती साढे १२ बजे उनलाई कोहलपुर ल्याइएको थियो । उनी दम र उच्च रक्तचापका विरामी थिए ।साथै
बाँकेमा बिहिबार १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेमा १२ पुरुष र ७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ३ सय ९३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *