
नेपालगन्ज ,३ मंसिर – नेपालमा आज सम्म कुनै सरकार ले नगरिक लाई आफ्नै देशमा रोजगारी दिन नसक्दा दिनहुँ छिमेकी देश भारत जानेको घुइँचो लाग्ने गरेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोभीड १९ ले जन जजीवन झन त्रसित बनाएको र घरमा खाने खर्चको जोहो नहुद ईन्डिया जानुपर्ने बाध्यता भएको रोल्पाका इन्द्रबहादुर घर्ती बताउछन ।नेपाल एउटा कृषिप्रधान देशले परिचित भए पनी कृषिमा आधारित ब्याक्तिहरु नै बढी आफनो ठाँउ छोडेर इन्डियामा रोजगारीको लागी जाने गरेको पाइन्छ ।
विश्व यतिखेर आर्थिक रुपमा ओराली लागेको अबस्थामा नेपाल झन ग्रसित बनेको छ । कोरोनाले ग्रसित बनाएको अबस्थामा पनि आफु र आफना परिवार लाइ बचाउनको लागी काम गर्न १० बर्ष देखि भारतको पंजाब मा बसेको गुनासा पोख्दै सुर्खेत सिम्ता का नरेन्द्र बस्नेत बताउछन । उनि भन्छन नेपाल एउटा कथा र काहानी को मात्र देश भयो हाम्रो लागी बाच्नको लागी पनी भारत जानु पर्ने बाध्यता छ नेपालमा रोजगारी नै पाईदैन खै त नेपालमा रोजगारी उनको प्रश्न थियो ।