समाचार समाचार

चिकित्सकको हस्ताक्षर चोरेर नक्कली पीसिआर रिर्पोट बनाएको आरोपमा भेरी अस्पतालका दुई जना पक्राउ

कार्तिक२६-नेपालगंज

चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई जना सुरक्षा गार्ड र एकजना हेल्परलाई पक्राउ गरेको छ । प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार, सुरक्षागार्ड कम्पनीमार्पmत अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्ति पक्राउ परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुरक्षागार्ड र हेल्परले इर्मजेन्सी कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *