कार्तिक २५-नेपालगंज
बर्दिया राजापुरका एक कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष वार्डमा उपचार गराईरहेका राजापुर नगरपालिका ८ का ३२ वर्षिय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । अस्पताल भर्ना भएकै दिन गरीएको कोरोना परिक्षणमा गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृती अनुसार उपचार विधि अपनाईएको थियो । रोगको प्रकृती अनुसार उपचार भईरहेकै समयमा मंगलबार बिहान ११ बजे उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतक निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी समेत हुनुहुन्थ्यो ।
