मनोरञ्जन

उमेश मुस्कानको” पहाडीको केटी तिर ध्यान” बोलको गीत सार्बजनिक

कार्तिक २५-नेपालगंज

गायक तथा संगितकार उमेश मुस्कानको” पहाडीको केटी तिर ध्यान” भन्ने बोलको गीत सार्बजनिक भएको छ । मुकुन्द जिसीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको शो गीतमा उमेश मुस्कानको शब्द संगित रहेको छ भने मुस्कानको नै सुमधुर स्वर रहेको छ र उनलाई स्वरमा थारु इन्डष्ट्रीकी चर्चित गायीका तथा मोडल अन्जु कुश्मीले साथ दिएकी छन् ।
मारुनी डिजिटल रेकडिङ्घ स्टुडियोमा रेकडिङ्घ गरिएको उक्त गितलाई रेकडिङ्घ तथा मिक्सिङ्घ सुमन रानाले गरेका छन । संगित संयोजन चर्चित “एरेन्जर” संगित संयोजक केशब बडुले गरेका हुन ।
बिगत लामो समय देखि कलाकारितालाई अपनाउदै गीत संगितको क्षेत्रमा संघर्षरत मेहेनती गायक तथा संगितकार उमेश मुस्कानले यो भन्दा पहिले बिभिन्न हिट गीत दिइसकेका छन् र यस गीतलाई पनि पहिलेको अन्य गीतहरु जस्तै दर्शकहरुले मनपराई दिनेमा बिस्वस्थ रहेको बताउँछन् ।
गीतमा मुकुन्द जिसी, अन्जु कुश्मी, रामुराना र उमेश मुस्कान आफैले अभिनय गरेका छन् । नेपालमा बोलिने तीन वटा भाषामा थारु, अबधि र नेपालीमा प्रस्तुत गरिएको गीतलाई चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन भने छायाकंन दिपेश ठगुन्ना र सम्पादन तथा भि एफएक्स लक्ष्मण चौहानले गरेका हुन । गीत आफुले सोचेझै भएकाले माया गरिदिनहुन सम्पुर्ण टीमले भगवानरुपी दर्शकहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *