समाचार

बाँकेको कोहलपुरमा ह्याप्पी वर्ल्ड फनपार्क संचालनमा

कार्तिक२४-नेपालगंज

बाँकेको कोहलपुरमा ह्याप्पी वर्ल्ड फनपार्क संचालनमा आएको छ । कोहलपुर नगरपालिका—१४ हवलदारपुरमा ३५ करोड लागतमा निर्माण गरिएको फनपार्क सोमबार देखि संचालनमा आएको हो । नेपालगन्ज—कोहलपुर सडक सञ्जालसँग जोडिएको हवलदारपुरस्थित साढे तीन विघा क्षेत्रफलमा फैलिएको उक्त फनपार्कलाई कोरोना भाइरस संत्रासकै बिच स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाएर संचालनमा ल्याईएको ह्याप्पी वर्ल्ड फनपार्कका प्रवन्ध निर्देशक विजय भण्डारीले जानकारी दिए । फनपार्कमा स्काई साइक्लिङ्ग, जिप प्ले, बुल राईड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बच्चाहरुको लागि बञ्जि लगायतका अन्य सुविधाहरु समेत उपलब्ध गराईएको भण्डारीले बताउनु भयो । नेपालगन्जका २५ जना प्रतिष्ठित ब्यापारीहरुको समुहले संचालनमा ल्याएको फनपार्कमा ह्याप्पी वर्ल्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *