समाचार

भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि, एक कोरोना संक्रमित पुरुषको मृत्यु

कार्तिक २३-नेपालगंज

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आईतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार बाँके, बर्दिया र दाङका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालले पछिल्लो २४ घण्टामा ६२ जनाको नमुना परीक्षण गर्दा ५ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख छ । साथै नेपालगन्जमा रोल्पाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लिवाङ नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुषको गएराति सवा १२ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *