मनोरञ्जन

संचारकर्मीको रुपमा नाम चिनाएकी गायिका तथा मोडल श्रीदेबी चौधरीको अभिनयमा साली भाटु ३सार्बजनिक

कार्तिक २२- नेपालगंज

बिगतमा संचारकर्मीको रुपमा नाम चिनाएकी गायिका तथा मोडल श्रीदेबी चौधरीले अभिनय गरेको थारु गीत साली भाटु ३सार्बजनिक गरिएको छ । उनलाई अभिनयमा प्रिन्सले साथ दिएका छन् ।
राप्ती फिल्म्स प्रोडक्सनको यु टु्यब च्यानल मार्फत सार्बजनिक गरिएको शो गीतमा अभिमन्यु र समिक्षा चौधरीको समुधुर स्वर रहेको छ भने शब्द शुशिला दहित संगित सि एल चौधरीको रहेको छ ।मारुनी रेकडिङ्घ डिजिटल स्टुडियो काठमाण्डौमा रेर्कड गरिएको उक्त गीतको मिक्सिङ्घ मास्टरिङ्घ कुमार रानाले गरेका हुन ।
एच सी संगमले निर्देशन गरेको गीतको उक्त म्युजिक भिडियोको छायाकंन तथा सम्पादन दुल ब्रेभले गरेका हुन । यस गीतको यो भन्दा अघील्लो साली भाटु १ सार्बजनिक भैसकेको छ । सो गीतमा अभिनय बिबिश चौधरी र श्रीदेबीको नै रहेको थियो भने साली भाटु३मा पनि अभिनय श्रीदेबी चौधरीको नै रहेको छ तर यो भागमा भने उनलाई बिबश चौधरीले नभइ प्रिन्सले साथ दिएका छन् । साली भाटु २ भने केही प्राबिधिक समस्याका कारण ढिलो भएको गीतका रचनाकार शुशीला दहितले जानकारी दिइन ।
थारु गीत साली भाटु १ले सबैको मन जित्न सफल र सुपर हीट भएका कारण यसलाई पनि दर्शक तथा स्रोताहरुले मनपराई दिनु हुनेछ भन्ने कुरामा बिस्वस्थ रहेको सम्पुर्ण टिमले अपेक्षा रहेको जनाएको छ । साथै साली भाटु ४ थारुहरुको महान चाँड २०७७को आउँदो माघी सम्म सार्बजनिक गरिसक्ने टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *