समाचार

नेपालगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कार्तिक २२-नेपालगंज

नेपालगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । दाङ्ग घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५९ वर्षीय पुरुषको शनिबार विहान साढे ५ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पिसिआर परिक्षण गर्दा कार्तिक ६ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि कार्तिक ७ गते कोरोना अस्पताल बेल्झुण्डीमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि कार्तिक २० गते भेरी अस्पतालमा ल्याइएको थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २८ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । साथै बाँकेमा आज ३५ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ५६ जनामा कोरोना पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *