समाचार समाचार

बाकेमा उपचारको क्रममा बाहिरीजिल्लका २ जनाको मृत्यु

कार्तिक२१-नेपालगंज

बाकेमा शुक्रबार उपचारको क्रममा बाहिरीजिल्लका २ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट दाङकी एक सुत्केरी महिलाको बाँकेको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० की २० वर्षीया महिलाको शुक्रबार दिउँसो ३.२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । प्रसुति सेवाका लागि कार्तिक १६ गते अस्पताल भर्ना भएकी उनको १७ गते डेलिभरी भएको थियो । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आशंकामा १८ गते स्वाब संकलन गरी परिक्षण गर्दा सोही दिन उनमा कोरोना पुष्टि भएको थियो । यसै गरी शुक्रबार्रै शिक्षण अस्पताल नेपालगंजमा कैलाली टीकापुर १ का ५६ बर्षिया महिलाको पनि मृत्यु भएको छ ।यो संगै बाहिरी जिल्लाबाट उपचारका लागी आएका बिरामहिरुको मृत्यु हुने संख्या २६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *