मनोरञ्जन

“ओई काजल” बोलको गीतको स्लो भर्जन फ्लास ब्याकमा चर्चित एरेन्जर केशब बडुको

कार्तिक२१-नेपालगंज

सर्बाधिक रुचाईएको “ओई काजल” बोलको गीतको स्लो भर्जन “ओई काजल” फ्लास ब्याक गायक तथा मोडल चक्र बमको य ट्यब च्यानलबाट सार्बजनिक गरिएको छ । सबैको मनमा बस्न सफल गीत ओई काजल कसरी बन्न गयो त भन्ने बिषयमा यस गीतको म्युजिक भिडियो मार्फत देखाईएको छ । गीतमा बिगत लामो समय देखि संगित संयोजन गर्दै आएका चर्चित संगित संयोजक एरेन्जर केशब बडुको आवाज रहेको छ । केशब बडुले थुप्रै सुपर हीट गीतहरुको संगित संयोजन गरिसकेका छन ।
उक्त गीतमा शब्द संगित चर्चित गायक तथा मोडल चक्र बमको रहेको छ भने यो भन्दा पहिलो अर्थात फाष्ट बीटमा सार्बजनिक गरिएको गीत नीकै चर्चा बटुल्न सफल ओई काजलमा आवाज पनि गायक तथा मोडल चक्र बमको नै रहेको छ । गीत मारुनी डिजिटल रेकडिङ्घ स्टुडियोमा रेर्कड गरिएको हो भने अडियो मिक्सिङ्घ कुमार रानाले गरेका हुन ।

https://www.youtube.com/watch?v=OZDMja-M_AA
पछिल्लो समय कुनै पनि गीत होस वा चलचित्र होस भाग १ भाग २ भन्ने कुरामा होड बाजी चलिरहेका बेला यस गीतको म्युजिक भिडियो भने निकै बेग्लै तरिकामा प्रस्तत गरिएको छ । किनभने यो गीतको फाष्ट बिट सुनेका दर्शक तथा स्रोताहरुले यो स्लो भर्जनको गीतलाई सन्नै पर्ने हेर्नै पर्ने गरी प्रस्तुत गरिएको छ । गीतमा अभिनय पनि स्वयम केशब बडु उनका धर्मपत्नी,श्रीया बडु,छोरी रिहानिका बडु साथमा गीता ढुङ्गाना र गायक चक्र बमको अभिनय रहेको छ ।बी स्टार फील्मको पोष्ट प्रोडक्सन रहेको शो गीतको निर्देशन बीक्रम चौहानले गरेका छन भने सम्पादन मीलन बिश्वकर्माले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *