समाचार

बाँकेमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

कार्तिक१८-नेपालगंज

बाँकेमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको मंगलबार दिउँसो १ बजेर ५० मिनेटमा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको उनमा कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैबीच, बाँकेमा मंगलबार ३२ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् भने थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *